नयाँ तथा आधुनिक फुटबल रंशाला निर्माण गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र सूर्यविनायक नगरपालिकाबीच सैद्धान्तिक सहमति भएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-८ मा रहेको करिब २०० रोपनी जग्गामा रंगशाला बनाउनेबारे बुधबार सहमति भएको हो।
रंगशाला निर्माणका लागि नगरपालिकाले राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस गरिसकेको छ।
एन्फाका अधिकारीहरूले पटक-पटक आग्रह गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रंगशाला निर्माणमा चासो देखाएका थिए।
120
Shares

प्रतिक्रिया