खेल


टप एन्ड टी- २० सिरिज: नेपालले पायो १७६ रनको लक्ष्य

टप एन्ड टी- २० सिरिज: नेपालले पायो १७६ रनको लक्ष्य

नेपालखबर
भदौ २, २०८२ सोमबार ९:४५, काठमाडौँ

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको तेस्रो खेलमा नेपालले जितको लागि एक सय ७६ रनको लक्ष्य पाएको छ।

डार्विनस्थित टिआइओ रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितको लागि एक सय ७६ रनको लक्ष्य दिएको हो। 

मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रनको योगफल बनायो। मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले  सर्वाधिक ७४ रन बनाए।

त्यस्तै थोमस रोजर्सले ६५ रन जोडे। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने  सोमपाल कामी र शाहब आलमले समान एक एक विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएकाे छ। 

सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपाल आज पहिलो जितको स्वाद लिन चाहन्छ। 

सिरिजको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने बंगलादेश ए टोलीसँग ३२ रनले हार भोगेको थियो। लगातार दुई खेलमा हार भोगेको नेपाल अंकविहिन रुपमा तालिकाको १० औँ स्थानमा छ। 

एक खेलमा जित र एक खेलमा हार भोगेको मेलवर्न २ अंकमा तालिकाको छैटौँ स्थानमा छ। नेपालले मंगलबार होवर्ट हुरिकेन्स एकेडेमीविरुद्ध खेल्ने तालिका छ। 

नेपालले सिरिजमा ६ खेल खेल्नेछ। नेपालले जारी सिरिजलाई टी २० विश्वकपको तयारीका रुपमा लिएको छ।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad