चितवनबाट गत एक वर्षको अवधिमा विभिन्न अपराधमा सङ्लग्न ८६ जना बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ। बिभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रमुख पुरीका अनुसार पछिल्ला दिनमा बिभिन्न किसिमका अपराधमा बालबालिकाको प्रयोग बढ्न थलेको छ।
विशेषगरी चोरी र लागुऔषध मुद्दामा बालबालिकाको प्रयोग बढी हुन थालेको हो। ‘बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन्,’ उनले भने।
लागुऔषध ओसारपोसारमा बालबालिकाको प्रयोग हुँदै आएको छ। सार्वजनिक कसुर-अभद्र व्यबहारसमेतमा बालबालिकालाई प्रयोग गर्ने गरिएको उनले बताए।
चोरीमा बालबालिकालाई प्रयोग गरी ठूलाले कमाउँदै आएका छन्। उनलले भने, ‘चोरीका मुद्दामा तराईमूलबाट बच्चा लिएर आउने र चोरी गर्न लगाउने गरेको पाइएको छ। यस्ता कतिपय मुद्दामा चोरी गर्न लगाउनेलाईसमेत पक्राउ गरी कारबाही गरिएको छ।’ रासस
Shares

प्रतिक्रिया