खेल


आदिल आलमसहित काठमाण्डुले भित्र्यायो यी ५ खेलाडी, कोटा पूरा

आदिल आलमसहित काठमाण्डुले भित्र्यायो यी ५ खेलाडी, कोटा पूरा

नेपालखबर
साउन २४, २०८२ शनिबार २०:३४, काठमाडौँ

सबैको रोजाइमा रहेका मोहमद आदिल आलमसहित काठमाण्डुले ५ खेलाडी अनुबन्ध गरेको छ।

बालकुमारीस्थित होटलमा चलिरहेको अक्सनमा आदिललाई काठमाण्डु गोर्खाजले गोलाप्रथाबाट अनुबन्ध गर्न सफल भएको हो। उनी १५ लाखमा अनुबन्ध भएका हुन्।

पूर्व राष्ट्रिय टोलीका सदस्य समेत रहेका आदिललाई भित्रुयाउन ८ वटै टोली अधिकतम रकम तिर्न तयार भएका थिए। सबै टोलीले अधिकतम मूल्य तिर्न तयार भएपछि गोलाप्रथाबाट टुंगो लगाइएको हो। 

एनपीएलको जारी अक्सनमा कुनै पनि खेलाडीका लागि अधिकतम मूल्य तिर्न सबै टोली तयार भएको यो नै पहिलो नाम हो।

काठमाण्डुले यसअघि आकाश त्रिपाठीलाई ७ लाख, तुलबहादुर थापा २ लाख, सन्तोष यादव १० लाख र उत्तम थापा मगरलाई ३ लाखमा अनुबन्ध गरेको हो। काठमाण्डूले ५ खेलाडी अनुबन्ध गर्नका लागि अक्सनमा ३७ लाख रुपैयाँ खर्च गरेको छ।

अब एक खेलाडी ट्यालेन्ट हन्टबाट अनुबन्ध गर्नपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad