बार्सिलोनाले टोलीका अनुभवी सेन्टर ब्याक इनिगो मार्टिनेज साउदी प्रो लिग क्लब अल नासर पुगेका छन्। सन् २०२३ मा फ्रि टान्सफरमा एथ्लेटिक क्लबबाट बार्सिलोनाबाट आएका थिए। बार्सिलोनाका लागि यो सम्झौता निकै महत्वपूर्ण छ।
नयाँ दर्ता समायोजन गर्न तथा वित्तिय निष्पक्षता राख्न पनि बार्सिलोनालाई मार्टिनेजको सम्झौता महत्वपूर्ण देखिएको छ। बार्सिलोनाले सुरुवातमा एन्ड्रियास क्रिस्टेनसेनको सम्भावित बहिर्गमनमा ध्यान दिए पनि पछिल्ला घटनाक्रमले इनिगोलाई केन्द्रमा पारेको छ।
क्लबका खेलकुद निर्देशक डेकोले पहिले नै पाँच सेन्ट्रल ब्याकमध्ये एकले छोड्नुपर्ने संकेत गरेका थिए। मार्टिनेजको स्थानान्तरणपछि बार्सा नाफामा जाने अपेक्षा गरिएको छ। नि:शुल्क ट्रान्सफरमा बार्सा आएमा मार्टिनेज क्लबका सबैभन्दा महंगा खेलाडीसमेत थिए।
त्यसैले उनको बर्हिगनपछि टोलीलाई आर्थिक रुपमा केही राहत पुग्ने आशा छ। यसअघि मार्कस रासफोर्ड र गार्सिलाई अनुबन्ध गरेर बलियो बनेको बार्सिलोना मार्टिनेजको प्रस्थान स्वीकार गरेपछि केही कमजोर देखिएको छ।
बार्सिलोनाले एन्ड्रेस कुएन्फालाई अनुबन्ध गरिसकेको छ। कुएन्फासँगै बार्सिलोना इटालियन डिफेन्डर एलेसेज्ड्रोलाई अनुबन्ध गर्न चाहान्छ।
Shares

प्रतिक्रिया