समाज


वर्षाले हिलाम्मे हुँदा बुटवल-नारायणगढ सडक पुनः अवरुद्ध

वर्षाले हिलाम्मे हुँदा बुटवल-नारायणगढ सडक पुनः अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८२ शुक्रबार १३:६, नवलपरासी पूर्व

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ। नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका२ दाउन्ने खण्डमा वर्षाले सडक चिप्लो भएपछि सवारी साधन अवरुद्ध भएको हो। 

दाउन्नेको पैसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए। 

सोमबार बिहानदेखि अवरुद्ध भएको दाउन्ने खण्ड केही समय सञ्चालन हुँदै पुनःअवरुद्ध हुने गरेको छ। आज बिहानदेखि सडक पुनःअवरुद्ध भएको प्रहरी उपरीक्षक ढकालले बताए। 

‘हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्। हिलो बाटोमा ट्रकहरू फसेर समस्या हुने गरेको छ’, उनले भने, ‘पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले धेरै समस्या हुने गरेको छ।’

दाउन्ने खण्डमा सडक अवरुद्ध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ। बुटवल(नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad