लिभरपुलले स्ट्राइकर डार्विन नुनेजलाई ५३ मिलियन युरोमा अल हिलाललाई बिक्री गरेको छ।
साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्ध भएसँगै नुनेज केहीदिनमा नै मेडिकलका लागि साउदी अरेबिया जानेछन्।
२६ वर्षिय युरुग्वेका नुनेज सन् २०२२ मा पोर्चुगिज टोली बेन्फिकाबाट लिभरपुल पुगेका थिए। लिभरपुलमा रहँदा नुनेजले १ सय ४३ खेलमा ४० गोल गरेका छन्।
नुनेजलाई अल–हिलाललाई बिक्री गरेपछि लिभरपुलसामु अब न्यु क्यासलका स्ट्राइकर अलेक्जेन्डर इसाकलाई खरिद गर्न आर्थिक रुपमा सहज भएको छ।
लिभरपुलले यसै सिजन कोलम्बियाका विंगर लुइस डियाजलाई बायर्न म्युनिखमा बिक्री गरेको थियो।
54
Shares

प्रतिक्रिया