अस्ट्रेलिया भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। टोलीमा कुशल मल्लको पुनरागमन भएको छ भने अनिलकुमार साह आउट भएका छन्।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले टप एन्ड टी–२० प्रतियोगिता खेल्ने छ। भारतको बेंगलुरुमा अभ्यास गरेको नेपाल टोली सोमबार मात्र फर्किएको छ। लगत्तै अस्ट्रेलिया जाने १६ खेलाडीको नाम सार्वजनिक भएको हो।
आयरल्यान्ड भ्रमणमा आउट भएका मल्ल राष्ट्रिय टोलीमा फर्किन सफल भएका हुन्। यसपटक साह भने बाहिरिए।
चोटका कारण आयरल्यान्ड टी–२० सिरिज गुमाएका सोमपाल कामी र गुल्सन झा टोलीमा फर्किएका छन्। उनीहरू फर्किएसँगै बसिर अहमद र किरण गठुन्ना टोलीबाट बाहिरिएका छन्।
रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, गुलसन झा, आरिफ सेख, भीम सार्की, रुपेसकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, ललितनारायण राजवंशी छन्।

Shares

प्रतिक्रिया