टोटनह्यामले बायर्न म्युनिखका मिडफिल्ड जोआओ पाल्हिन्हालाई एक सिजनका लागि ऋणमा लिएको छ। सन् २०२४ मा फुलह्यामबाट बायर्न पुगेका ३० वर्षीय जोआओले एक सिजनमा १७ बुन्डेस लिगा खेल मात्र खेल्ने मौका पाए।
टोटनह्यामका प्रशिक्षक थोमस फ्र्याङक नियुक्त भएपछि डिफेन्सिभ मिडफिल्डरलाई अनुबन्ध गर्न खोजिरहेका थिए। ऋणको अवधि सकिएपछि उनलाई अनुबन्ध गर्न सक्ने विकल्पसमेत टोलीसँग छ। पोर्चुगिज अन्तराष्ट्रिय खेलाडी जोआओसँग प्रिमियर लिगको अनुभवसमेत छ।
४२.४ मिलियन पाउण्डमा फुलह्यामबाट बायर्न सर्नुअघि उनले दुई वर्षमा ६८ खेल खेलेका थिए। जोआओ यो सिजनमा टोटनह्यामले अनुबन्ध गरेको तेस्रो खेलाडी हुन्। यसअघि टोलीले मोहम्मद कुडुस र फ्रेन्च फरवार्ड म्याथु टेललाई अनुबन्ध गरिसकेको छ।
96
Shares

प्रतिक्रिया