नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको चौथो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डखले धारणा राख्न सुरु गरेका छन्।
केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले बोलेपछि उनले जवाफ दिन सुरु गरेका हुन्।
बैठक शुक्रबारदेखि सुरु भएको थियो। माओवादी स्थायी समितिमा ४६ जना सदस्य रहेका छन्।
बैठकमा उपमहासचिव जनार्दन शर्माले पछिल्लो समय राखिरहेको असन्तुष्टिबारे पनि छलफल भइरहेको छ।
धेरै सदस्यले पार्टीबाहिर गएर बोलेको भन्दै शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका छन्।
132
Shares

प्रतिक्रिया