खेल


बझाङका फाइटर रवीन्द्र ढाटले जिते एमएफए च्याम्पियनसिप, बने उपाधि जित्ने पहिलो नेपाली

बझाङका फाइटर रवीन्द्र ढाटले जिते एमएफए च्याम्पियनसिप, बने उपाधि जित्ने पहिलो नेपाली

मगेन्द्र राई
साउन १८, २०८२ आइतबार १४:७, काठमाडौँ

नेपाली एमएफए फाइटर रवीन्द्र ढाटले च्याम्पियनसिप बेल्ट जितेका छन्।

भारतको उत्तर प्रदेशस्थित सहिद विजयसिंह प्रतीक स्पोर्ट्स कम्प्लेक्समा शनिबार साँझ सम्पन्न मिक्स मार्सल आर्ट भर्सनको म्याट्रिक्स फाइट नाइट- १७ (एमएफएन) को प्रोफेसनल ‘मेन इभेन्ट’तर्फ नेपालका ढाटले बेन्टम वेट समूहको च्याम्पियनसिप बेल्ट (उपाधि) हात पारी ऐतिहासिक जित निकालेका छन्। यो स्तरको प्रतियोगिता जित्ने ढाट पहिलो नेपाली हुन्।

उनले भारतका प्रतिद्वन्द्वी डिफेन्डिङ च्याम्पियन चुङ्रेङ कोरेनलाई तेस्रो राउन्डको ५६औँ सेकेन्डमा शक्तिशाली मुक्का प्रहार गरी नकआउट गरेका थिए।

उनले यो जितसँगै कुल ९ भिडन्तमा ८ जित र १ हारको करिअर रेकर्ड बनाएका छन्।

सुरुको राउन्डबाटै किकिङ, पन्चिङ र एल्बो प्रहारले प्रतिद्वन्द्वीमाथि दबाब सिर्जना गरेका ढाटले तेस्रो राउन्ड सानदार नकआउट गरेका थिए।

२६ वर्षीय ढाट एसिया प्रशान्त क्षेत्रमा २२८औँ स्थानका एमएफए फाइटर हुन्।
  
म्याट्रिक्स फाइट नाइट (एमएफएन) महाराष्ट्रको मुम्बईमा अवस्थित एक भारतीय प्रोफेसनल मिक्स्ड मार्शल आर्ट प्रवर्द्धन कम्पनी हो। यो कम्पनी हिन्दी चलचित्र अभिनेता ज्याकी श्राफका छोरा टाइगर श्राफ, उनकी आमा आयशा श्राफ र उनकी बहिनी कृष्णा श्राफको स्वामित्वमा सञ्चालित छ।

यो सन् २०१९ मा स्थापना भएको थियो। भारतमा यो भिडन्त निकै लोकप्रिय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad