खेल


हामी भक्तपुरमा आधुनिक रंगशाला बनाउँदै छौँ : प्रधानमन्त्री

हामी भक्तपुरमा आधुनिक रंगशाला बनाउँदै छौँ : प्रधानमन्त्री

भक्तपुरमा रंगशाला बनाउनेबारे आइतबार सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री।


नेपालखबर
साउन १२, २०८२ सोमबार ६:४६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा आधुनिक रंगशाला बनाउने घोषणा गरेका छन्।

सूर्यविनायकको जगातीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाइने प्रधानमन्त्रीले बताएका छन्। 

यसका लागि जग्गा प्राप्तिलगायत विषयमा आइतबार सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीसँग छलफल गरिएको प्रधानमन्त्री ओलीले बताए। 

उनले भने, ‘खेल क्षेत्रको हाम्रो दायरा फराकिलो हुँदै गर्दा दशरथ रंगशाला हामीलाई साँघुरो भएको छ। अब हामी भक्तपुर सूर्यविनायकमा आधुनिक रंगशाला बनाउँदै छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad