खेल


नेपाली क्रिकेटलाई सहयोग बढाउँदै बीसीसीआई

नेपाली क्रिकेटलाई सहयोग बढाउँदै बीसीसीआई

नेपालखबर
साउन ७, २०८२ बुधबार १६:१, काठमाडौँ

आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीका २० खेलाडीका लागि बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा प्रशिक्षणमा व्यस्त छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक छनोटमा परेका खेलाडीलाई दुई समूहमा बाँडेर केहीलाई भारत र केहीलाई नेपालमा नै प्रशिक्षण गराइरहेको छ। 

क्यानले भारत सरकार र भारतीय क्रिकेट बोर्ड बीसीसीआइसँग मिलेर विगत दुई वर्षदेखि नेपालको क्रिकेट विकासका लागि काम गरिरहेको छ। सन् २०२४ को जनवरीमा भारतीय विदेशमन्त्री एस जयशंकरले क्यानका प्रतिनिधिहरुलाई भेटेर नेपालको क्रिकेट विकासमा सहयोग गर्ने बाचा गरेका थिए।

त्यसलाई नै निरन्तरता दिँदै गत अगष्टमा बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण गरेको थियो। गत २०२४ जुनमा भएको आईसीसी टी-२० विश्वकपअघि पनि बरोडा र गुजरात क्रिकेट संघको टोलीहरुसँग नेपालले त्रिकोणात्मक टी-२० अभ्यास खेल खेलेको थियो।

आईसीसी यू-१९ विश्वकप छनोट प्रतियोगिताअघि पनि नेपाल र दिल्लीका यू-१९ टोलीहरु तथा नेपालमा जिल्ला क्रिकेट संघ टोलीबीचको अभ्यास खेल भएको थियो। आईसीसी महिला विश्वकपअघि पनि नेपालको महिला टोलीले दिल्लीमा प्रशिक्षण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad