यूईएफए महिला युरोको दोस्रो सेमिफाइनलमा आज बुधबार राति साविक उपविजेता जर्मनी र विश्व विजेता स्पेन भिड्दैछन्। स्वीटजरल्यान्डको स्टेडियम लेट्जिग्रन्डमा हुने खेल मध्यराति हुनेछ।
महिला युरेपेली च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म पुग्न नसकेको स्पेन इतिहास लेख्न आतुर छ। जारी प्रतियोगितामा अपराजित रहने एकमात्र टोली पनि स्पेन हो।
सन् २०२३ को विश्वकप विजेता स्पेन जारी प्रतियोगितामा उत्कृष्ट लयमा छ। प्रतियोगितामा अन्तिम आठमा स्विटजरल्यान्डलाई २-० ले हराएको स्पेनले जर्मनीसँगको पछिल्ला दुई भेटमा भने हार व्यहोरेको छ।
यता आठ पटकको च्याम्पियन जर्मनी जारी प्रतियोगितामा संर्घष गरिरहेको छ। साविक उपविजेता समेत रहेको जर्मनी स्पेनलाई पराजित गर्दै इङल्यान्डसँगको भेट पक्का गर्न चाहन्छ।
36
Shares

प्रतिक्रिया