खेल


महिला फुटबल इतिहासकै महँगो खेलाडी बनिन् ओलिभिया स्मिथ

महिला फुटबल इतिहासकै महँगो खेलाडी बनिन् ओलिभिया स्मिथ

ओलिभिया स्मिथ


नेपालखबर
साउन १, २०८२ बिहिबार २०:५९, काठमाडौँ

क्यानेडियन टोलीकी फरवार्ड ओलिभिया स्मिथ महिला फुटबल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेकी छन्।

उनले फुटबल क्लब आर्सनलसँग १० लाख पाउन्ड (झन्डै साढे १८ करोड रुपैयाँ) को सम्झौतामा हस्ताक्षर गरेकी हुन्। यसअघि उनी लिभरपुलसँग आबद्ध थिइन्।

२० वर्षीया स्मिथले १५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन्। अहिले उनले च्याम्पियन्स लिग होल्डर क्लब आर्सनलसँग चारवर्षे सम्झौता गरेकी हुन्। 

उनको सम्झौताले जनवरीमा अमेरिकी डिफेन्डर नाओमी गिरमासँग चेल्सीले गरेको सम्झौताको रेकर्ड तोडेको हो। चेल्सी क्लबले नाओमीसँग ९ लाख पाउन्डको सम्झौता गरेकी थिइन्। 

स्मिथले भनिन्, ‘आर्सनलका लागि सम्झौता गर्नु मेरा लागि गर्व र सम्मानको कुरा हो।’

आर्सनलका मुख्य प्रशिक्षक रेनी स्लेगर्सले भनिन्, 'स्मिथ एक उत्साही युवा खेलाडी हुन्। जसले ठूलो योगदान दिन सक्छिन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad