खेल


लुकास भाज्व्केजले छोडे रियल मड्रिड

लुकास भाज्व्केजले छोडे रियल मड्रिड

नेपालखबर
असार ३२, २०८२ बुधबार १६:३०, काठमाडौँ

मिडफिल्डर लुकास भाज्व्केजले १७ वर्षपछि रियल मड्रिड छाडेका छन्। रियलमा १७ वर्ष बिताएका उनले क्लबका लागि २३ वटा उपाधि दिलाएका छन्। 

क्लब छाड्दै लुकासले भने, 'म रियल मड्रिड छाड्दै छु तर मलाई रियल मड्रिडले कहिल्यै छाड्नेछैन। म जहाँ गए पनि गर्वका साथ भन्नेछु की मलाई संसारको उत्कृष्ट टोलीबाट खेल्ने अवसर मिल्यो। मेरो जीवनको सबैभन्दा सुन्दर यात्रामा मसँग सामेल हुनुभएकोमा धन्यवाद।'

रियलले उनको बिदाइका लागि बिहीबार एक समारोहको आयोजना गर्दैछ। उनी सन् २००७ मा १६ वर्षको उमेरमा रियल मड्रिडमा जोडिएका थिए। 

रियलले जारी गरेको एक विज्ञप्तीमा भनिएको छ, 'हाम्रो युवा एकेडेमीको १७ वर्ष मुनिदेखिएको कास्टिलासम्म सबै वर्गहरूमा उनले खेलेका थिए। उनले १० सिजनमा ४ सय २ खेल खेलेका छन्। जुन रियल मड्रिड इतिहासको सबैभन्दा सफल अवधिहरू मध्यको एक हो।' 

एस्पानियोलमा क्रणमा एक सिजन बिताएपछि लुकासले सेप्टेम्बर २०१५ मा रियलमा डेब्यु गरेका थिए।

रियलमा रहँदा उनले २३ उपाधि जितेका छन्। जसमा ५ च्याम्पियन कप, ५ क्लब विश्वकप, ४ युरोपियन सुपर कप, ४ ला-लिग, १ कोपा डेल रे र ४ स्पेनिस सुपर कप समावेश छन्। 

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले लुकासले रियलको मुल्यमान्यतालाई उदाहरणीय रुपमा प्रतिनिधित्व गर्ने बताउँदै उनको आगामी यात्राका लागि शुभकामना दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad