समाज


सबै विश्विद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रम

सबै विश्विद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रम

त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा


नेपालखबर
असार ३२, २०८२ बुधबार १६:३३, काठमाडौँ

सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन्।

सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले सम्भवतः पहिलो पटक यसरी एकै समयमा बजेट पारित गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले बताएको छ। 

चालु आर्थिक वर्षको अन्तिम दिन असार ३२ गते मात्रै नेपाल संस्कृत विश्वविद्यालयको ७८ औैँ र लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औ सभा बैठक सम्पन्न भएको छ। 

असार ३१ गते एकै दिन चार वटा विश्वविद्यालयको सभा बैठक (सिनेट) भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ, पूर्वाञ्चल विश्वविद्यालयको ४१ औँ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५ औँ र कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ औँ सभा बैठक सम्पन्न भई बजेट तथा कार्यक्रम पारित भएको थियो। 

यस्तै असार ३० गते मध्यपश्चिम विश्वविद्यालयको १७ औँ, राजर्षि जनक विश्वविद्यालयको १० औँ, असार २६ गते त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा, असार २५ गते पोखरा विश्वविद्यालयको २५ औँ सभा बैठक भई बजेट पारित भएको छ। 

यसअघि काठमाडौँ विश्वविद्यालय, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा बैठक आयोजना भइसकेको छ। 

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा दीपक अर्याल यही असार २५ गते मात्रै नियुक्त भएकाले असार २६ गतेको सिनेटमा नीतिगत कार्यक्रम पनि स्थगन गरी चाँडै अर्को बैठकमा ल्याउन भनिएको सचिवालयले उल्लेख गरेको छ।

कुलपति ओलीको तत्परतामा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरुले नयाँ आर्थिक वर्ष लाग्नुअगावै आगामी बजेट तथा कार्यक्रम सिनेट बैठकबाट बजेट ल्याइएको बताएको छ।

 

                                                               

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad