नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपको एसिया र इष्ट एसिया– प्यासिफिक छनोटका लागि प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
क्यानले आइतबार एक विज्ञप्ती जारी गर्दै टी–२० विश्वकप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। त्यस्तै आलिद आलम पनि प्रतिबन्ध फुकुवापछि पहिलो पटक क्याम्पमा समेटिएका छन्।
म्याच फिक्सिङको आरोप लागेपछि लामो समय टिम बाहिर रहेका उनलाई अदालतले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पनि प्रतिबन्ध हटाएको थियो।
प्रारम्भिक चरणमा परेका खेलाडीः
रोहित पौडेल, दीपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आकाश चन्द, अनिल शाह, आरिफ शेख, विवेक यादव, आशिफ शेख, नन्दन यादव, मोहम्मद आदिल आलम, भिम सार्की, करण केसी, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, रुपेश सिंह, रिजन ढकाल, शेर मल्ल, बसिर अहमद, प्रतिश जिसी, शुभ कंसाकार, साहव आलम, ललित राजवंशी, अर्जुन घर्ति, युवराज खत्री, कमल सिंह ऐरि, लोकेश बम, किरण ठगुन्ना र सागर ढकाल।
Shares

प्रतिक्रिया