करिब ६ हजारभन्दा बढी साइक्लिस्ट सहभागी कोरा साइक्लिङ च्यालेन्जको १५औं संस्करण आगामी साउन ३ गते हुने भएको छ।
सोसियल टुर्स, साइकल सिटी नेटवर्क नेपाल र पाङ्ग्रो आउटडोर इभेन्ट्सको आयोजनामा फरक फरक दूरी र फरकफरक स्थानमा साइक्लिङ हुनेछ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दैै यसबारे जानकारी दिएको हो। नेपालका २० भन्दा बढी स्थानहरूमा अस्ट्रेलिया, लाओस, क्यानडा, स्कटल्याण्ड र सिंगापुरलगायत देशका साइक्लिस्टले यस साइक्लिङ अभियानमा सहभागी हुनेछन्।
पाटन दरबार स्क्वाइरबाट यो अभियान शुरु हुनेछ।बालबालिकाहरूका लागि दुई किलोमिटरको दूरी तय गरिएको छ।
साथै काठमाडौं उपत्यकामा रहेको १६५ किलोमिटरको दूरी साइक्लिस्टले पार गर्नेछन्। यसबाहेक २५ किलोमिटर, ५० किलोमिटर, ७५ किलोमिटर र एक सय किलोमिटरको दूरीमा पनि प्रतिष्पर्धा हुनेछन्।
यो इभेन्टको मुख्य उद्देश्य सिन्धुपाल्चोकको मेलम्ची बजारनजिक रहेको दोमवार समूदायमा सौर्य गृह प्रणाली जडान गर्ने रहेको आयोजकले जनाएको छ।
बिहान सात बजेदेखि एक सय किलोमिटर र ७५ किलोमिटरको राइड सुरु हुने आयोजकले जनाएको छ। त्यसपछि ५० किलोमिटरको राइड सुरु हुने आयोजकले उल्लेख गरेको छ। रासस
Shares

प्रतिक्रिया