खेल


एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै

एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै

नेपालखबर
असार २१, २०८२ शनिबार ६:२१, काठमाडौँ

एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र सिगांपुर भिड्दैछन्। मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा हुने खेल शनिबार बिहान पौने ८ बजे सुरु हुनेछ। 

प्रतियोगितामा नेपाल र सिंगापुर दोस्रो पटक भेट्न लागेका हुन्। एकै समूहमा रहेको नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो। 

बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाली युवा टोली उपाधि नजिक पुगेको हो। मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

बिहीबार नै भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको थियो। 

प्रतियोगितामा तेस्रो स्थानका लागि आजै खेल हुनेछ। तेस्रो स्थानका लागि थाइल्यान्ड र म्यानमार भिड्दैछन्। सो खेल क्वालालाम्पुरको सेनांगर टर्फ क्लबमा बिहान पौने ८ बजे नै सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad