उज्वेकिस्तानमा जारी एएपसी महिला एसियन कपमा श्रीलंकाविरुद्ध नेपालले ३ गोलको अग्रता बनाएको छ। एएफसी एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरुद्ध नेपालले अग्रता फराकिलो बनाएको छ।
उज्वेकिस्तानमा खेलको पहिलो हाफ जारी रहँदा नेपालले ३-० को अग्रता बनाएको हो। पहिलो हाफको सातौँ मिनेटमा नेपालकी अनिता बस्नेतको कर्नरमा गिता रानाले हेडर गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी थिइन्।
पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो। डिफेन्डर समीक्षा घिमिरेको प्रहार श्रीलंकाकी गोलरक्षकले पन्च गर्दै जोगाएको बलमा अनिता बस्नेतको लो क्रसमा साम्बाले बललाई पोस्टको जाली चुमाएकी थिइन्।
खेलको ३० औँ मिनेटमा प्रिती राईको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो। खेलको ३१ औँ मिनेटमा साम्बाको प्रहार पहिलो बारमा लाग्दै बाहिरिदा नेपालले अग्रता थप्ने मौका गुमायो। खेलको ४२ औँ मिनेटमा अनिता बस्नेतको क्रसमा साम्बाको गोलमा नेपालले ३–० को अग्रता बनायो।
Shares

प्रतिक्रिया