खेल


साविक विजेता म्यानचेस्टर सिटी नकआउट चरणबाटै बाहिरियो

साविक विजेता म्यानचेस्टर सिटी नकआउट चरणबाटै बाहिरियो

नेपालखबर
असार १७, २०८२ मंगलबार ११:४७, काठमाडौँ

साविक विजेता म्यानचेस्टर सिटी क्लब फिफा क्लब विश्वकपको नकआउट चरणबाटै बाहिरिएको छ। 

मंगलबार बिहान भएको खेलमा साउदी अरेबियन क्लब अल–हिलालले सिटीलाई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। 

खेलको निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा अल हिलालले २ गोल गर्दा सिटीले एक गोल मात्र फर्काउन सक्यो। 

खेलमा सिटीले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा क्लब विश्वकपबाट नै बाहिरिएको हो। 

पहिलो हाफको सातौँ मिनेटमा कप्तान बर्नान्डो सिल्भाको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। दोस्रो हाफ सुरु भएको ४४ सेकेण्डमा नै मार्कोस लियोनार्डोले गोल गर्दै अल–हिलाललाई खेलमा फर्काएका थिए। 

५२ औँ मिनेटमा माल्कमको गोलमा साउदी टोलीले सिटीलाई २–१ ले पछि पार्यो। त्यसको तिन मिनेटपछि नै सिटीका एर्लिङ हालान्डले कर्नरबाट गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए। 

निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको ९४ औँ मिनेटमा चेल्सीका पुर्व डिफेन्डर कालिडो कोउलिबालीले गोल गर्दै अल हिलाललाई खेलमा पुनः अग्रता दिलाए। 

खेलको १ सय ४ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–३ को अवस्थामा ल्याएका थिए। तर १ सय १२ औँ मिनेटमा मार्कोसले व्यक्तीगत दोस्रो गोल गर्दा अल हिलाललाई ४–३ को जित दिलाउँदै क्वार्टरफाइनलको बाटो देखाएका थिए। 

अल–हिलालले अब क्वार्टरफाइनलमा शुक्रबार ब्राजिलियन टोली फ्लुमिनेन्सविरुद्ध खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad