खेल


पदक विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्रीको ‍बधाई

पदक विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्रीको ‍बधाई

नेपालखबर
असार १६, २०८२ सोमबार १४:१७, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले  १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन्। 

भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न प्रतिस्पर्धामा नेपालले विभिन्न समुहतर्फ उपाधि जितेको थियो। कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयमा सोमबार विजेता खेलाडीहरूलाई सम्मानसहित बधाई ज्ञापन गरेका हुन्। 

सो क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै नाम राख्न सफल भएको भन्दै खेलाडी प्रशंसा गरे।

प्रतियोगितामा नेपालले ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका थिए भने महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शीला ठकुरीले रजत पदक जितेर नेपालको झण्डा फर्फराएका थिए। उक्त समूहमा भारतकी सारा कास्य पदक विजेता बनेकी थिइन्।

त्यसैगरी, पुरुष स्पोर्ट्स फिजिक १७५ मुनिको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जिते। पुरुष स्पोर्ट्स फिजिक १७५ माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौं स्थान हासिल गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad