नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दै एएफसी एसियन कप छनोटको यात्रा सुरु गर्दैछ।
उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा हुने खेल आइतबार साँझ सवा ६ बजे सुरु हुनेछ।
यो खेल नेपालका लागि एसियन कप छनोटको पहिलो खेल मात्रै हैन एक सयौँ अन्तर्राष्ट्रिय खेलसमेत हो।
नेपाली टोली लाओसलाई पराजित गर्दै एसियन कप छनोटमा सुखद सुरुवात गर्न चाहन्छ।
नेपाल र लाओस पहिलो पटक भेट हुन लागेका हुन्।
समूह चरणको दोस्रो खेलमा नेपालले १८ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। यही असार २१ गते घरेलु टोली उज्वेकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने तालिका छ।
उज्वेकिस्तानसँगको तीन भेटमा नेपाल अहिलेसम्म सबै खेलमा हार बेहोरेको छ। श्रीलंकासँग भने आठ खेल खेल्दा सबैमा नेपाल विजयी भएको छ।
नेपाल समूह एफ को विजेता बने सन् २०२६ को मार्चमा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा खेल्ने अवसर पाउनेछ। यसपटकको छनोटमा एसियाका ३४ टोली सहभागी छन्, जसलाई ८ समूहमा विभाजन गरिएको छ।
अहिलेसम्म आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले च्याम्पियनसिपका लागि स्थान सुरक्षित गरिसकेका छन्। कुल १२ टोली एसियन कपको मुख्य प्रतियोगितामा सहभागी हुनेछन्।
- उज्वेकिस्तानमा सफल भए महिला टोलीलाई खुल्नेछ विश्वकप र ओलम्पिक छनोटको ढोका
- को बन्ला राष्ट्रिय महिला फुटबल टोलीको ११औँ कप्तान?
- १००औँ अन्तर्राष्ट्रिय खेलको कोसेढुंगानजिक नेपाली महिला फुटबल
- एएफसी महिला एसिया कप छनोटका लागि अन्तिम टोली घोषणा, को को परे?
- एएफसी एसियन कप छनोट खेल्न उज्वेकिस्तान जाने महिला फुटबल टोलीको बिदाइ (तस्बिरहरू)
Shares

प्रतिक्रिया