खेल


नेदरल्यान्ड्सबाट नेपाललाई १ सय ५३ रनको लक्ष्य

नेदरल्यान्ड्सबाट नेपाललाई १ सय ५३ रनको लक्ष्य

नेपालखबर
असार २, २०८२ सोमबार २१:३६, काठमाडौँ

स्कटल्यान्डमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले जितका लागि नेदरल्यान्ड्सबाट १ सय ५३ रनको लक्ष्य पाएको छ। 

स्कटल्यान्डको टिटवुडको ग्लासगोमा नेपाली टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार पारेको हो। 

तेजा निडामानुरुले बनाएको ३५ रन नै डच टोलीका लागि सर्वाधिक रह्यो। उनले ३७ बलमा १ छक्का सहयोगमा ३५ रन बनाउँदा नन्दन यादवको बलमा बोल्ड आउट भए। 

सकिव जुल्फिकरले २५ रनमा अविजित रहे। 

विक्रम जित सिंहले बनाएको ३० रन थपे। उनले २९ बलमा २ छक्का प्रहार गरे। 

ओपनर माइकल लेभिट २० रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। अर्का ओपनर म्याक्स ओ डाउड १९ रन बनाउँदा ललित राजवंशीको बलमा करण केसीको हातबाट क्याच आउट हुन पुगे। 

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा १८ रन खर्चे। 

नन्दन यादवले २ विकेट झारे। ललित राजवंशी र कुशल भुर्तेलले समान एक विकेट आफ्नो नाममा गरे। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad