स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आईको आफ्नो पहिलो खेलमा नेदरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
स्कटल्यान्डको ग्लासगोमा नेपाली टोलीले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्यान्डले पहिले ब्याटिङ गर्ने भएको हो।
स्कटल्यान्डमा सम्पन्न आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले तिन टोलीसँग टी–२० आई सिरिज खेल्न लागेको हो।
टी–२० आईमा १०० औँ खेल खेल्न लागेको नेपाली टोली उच्च मनोबलमा छ।
टी–२० आईमा नेपालका लागि किरण ठगुन्ना र रुपेस सिंहले डेब्यु गरेका छन्। उनी नेपालबाट टी–२० आई खेल्ने ५० औँ खेलाडी हुन्। किरणलाई करण केसीले डेब्यु क्याप दिएका हुन्।
नेपालको सुरुवाती ११
रोहित पौडेल (कप्तान), अनिल शाह (विकेट किपर), कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव, किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह
Shares

प्रतिक्रिया