खेल


पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

नेपालखबर
जेठ २८, २०८२ बुधबार २१:२२, काठमाडौँ

श्रीलंकामा सम्पन्न द्रुत गतिको ब्लिट्ज चेस खेलमा नेपालका युवा खेलाडी सिएम पुरुषोत्तम सिलवालले नेपाललाई रजत पदक दिलाउन सफल भएका छन्।

विश्व बुद्धिचाल महासंघ तथा एसियन चेस फेडरेसनको तत्वावधानमा श्रीलंका चेस फेडरेसनले ४ जुनदेखि १२ जुनसम्म आयोजना गरेको द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिपमा आठौँ वरियताका २१३० रेटेड सिएम पुरुषोत्तमले स्पर्धाको अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका २३७९ उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गर्न सफल भएका हुन्।

प्रतिस्पर्धामा उज्बेकिस्तानका २१२० रेटेड एफएम अबु खाकिमोभ अकबरलिले ६ अङ्क प्रोग्रेसिभ २५.५ प्वाइन्ट जोडेर स्वर्ण पदक जितेका छन्।

पुरुषोत्तमले प्रतिस्पर्धामा बंगलादेशका २१४२ रेटेड आइएम मनून रेजानीर सँग एक खेल गुमाउँदा अन्य ६ खेलमा उत्कृष्ट जित हासिल गर्दै सात चरणको खेलमा समान ६ अङ्क २४।५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर  रजत पदक जित्न सफल भए।

यसैगरी पुरुषोत्तमसँग हार आत्मसात् गरेका भारतीय आइएम मायाङ्क चक्रवर्ती काश्य पदकमा सीमित रहन पुगे।

यसअघि अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत सिंगापुरमा सम्पन्न फिडेको आधिकारिक प्रतियोगितामा रुपेश जैशवालले रापिड तर्फ रजक र ब्लिट्जमा काश्य पदक जितेको थियो भने कृष्ण थापाले नेपालमा भएको एशियन एमेच्योर च्याम्पियनसिपमा स्वर्ण पदक हात पारेका थिए।

सिएम पुरुषोत्तम सिलवाल विहिवार देखि नेपालमा सञ्चालन हुने नेशनल युथ च्याम्पियनसिपमा सहभागिता जनाउन एशियन जुनियर र्‍यापिड च्याम्पियनसिप छोडेर आज स्वदेश फर्केका छन्।

सिलवाललाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन विमानस्थलमा स्वागत गरे। 

प्रतियोगितामा आयोजक राष्ट्र श्रीलंकासहित नेपाल, बङ्गलादेश, भारत, काजकिस्तान, माल्दिभ्स, रसिया, तुर्कमिनिस्तान र उज्बेकिस्तान गरी ९ राष्ट्र का ५९ जना खेलाडीहरूको सहभागिता रहेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad