लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै भारतले विश्वकप सेमिफाइनलमा न्यूजिल्याण्डसँगको भेट पक्का गरेको छ।
जितसँगै शीर्षमा उक्लिएको भारतले मंगलबार हुने पहिलो सेमिफाइनलमा चौथो स्थानको न्यूजिल्याण्डको सामना गर्नेछ। अर्को सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन्।
रोहित शर्माले एउटै विश्वकपमा ५ शतक प्रहार गर्ने कीर्तिमान राखेको खेलमा श्रीलंकाले दिएको २६५ रनको लक्ष्य इंण्डियाले ३ विकेट गुमाइ भेट्टायो।
५५-४ को दयनीय स्थितिमा रहेको श्रीलंकाका लागि एन्जिलो म्याथ्युजले ११३ रनको पारी खेल्दै २६४-७ को स्थितिमा पुर्याएका थिए।
जवाफमा रोहित शर्माले १०३ र केएल राहुलले १११ रनको शतकीय पारी खेलेपछि भारतले सजिलै लक्ष्य भेट्टायो। विराट कोहली ३४ रनमा नटआउट रहे।
१६औं विश्वकपको खेल खेलेका रोहितले ९२ रनमा शतक पूरा गरेका थिए। योसँगै समग्रमा विश्वकपमा उनले ६ शतक पूरा गरेका छन्। यसअघि विश्वकपमा ६ शतक प्रहार गर्ने कीर्तिमान सचिन तेन्दुल्करको नाममा थियो। उनले विश्वकपमा ४४ इनिङ खेलेका थिए।
Shares

प्रतिक्रिया