खेल


साफ यू-१९ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

साफ यू-१९ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १६:८, काठमाडौँ

साफ यू–१९ पुरुष च्याम्पियनसिपअन्तर्गत आज मंगलबार नेपाल र भारत भिड्दैछन्। भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली आउटडोर स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ। 

यसअघि नै सेमिफाइनलमा पुगिसकेका नेपाल र भारत समूह विजेता बन्न मैदान उत्रन लागेका हुन्। नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ५-० को फराकिलो अन्तरले हराएको थियो। भारतले पनि श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको थियो। 

लगातार दोस्रो हार व्यहोरेसँगै श्रीलंका भने समूह चरणबाट नै बाहिरिसकेको छ। च्याम्पियनसिपमा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा मालदिभ्स, भुटान र बंगलादेश छन्। समूह बी मा आयोजक भारतसँगै नेपाल र श्रीलंका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad