एथलेटिक बिल्बाओ क्लबलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेडले यूईएफए युरोपा लिगको फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।
बिहिबार राति सान मामेस स्टेडियममा भएको सेमिफाइनलको पहिलो लेगमा एथलेटिकोलाई ३–० गोल अन्तरले हराउँदै युनाइटेड फाइनल नजिक पुगेको हो।
युनाइटेडले तिन गोल नै पहिलो हाफमा गर्यो। खेलको ३५ मिनेटमा एथलेटिको १० खेलाडीमा समेटिएको थियो।
पहिलो हाफको ३० औँ मिनेटमा कासेमिरोको गोलमा युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। ह्यारी म्यायुइरको क्रसमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।
खेलको ३५ औँ मिनेटमा डानी भिभियनले रासमुस होजलुन्डलाई फाउल गरेििछ रेफ्रिले उनलाइ सिधै रातो कार्ड देखाए।
त्यसपछि एथलेटिकोले खेलमा पुरै समय १० खेलाडीमा बितायो। खेलमा भिडियो सहायक रेफ्रिको सहायतामा भिभियनले फाउल गरेको देखिएपछि रेफ्रिीले युनाइटेडलाई पेनाल्टीको मौका दिएका थिए।
खेलको ३७ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।
पहिलो हाफको अन्तिम मिनेटममा ब्रुनो फर्नान्डेजको गोलमा युनाइटेडले ३–० को अग्रता बनायो।
सेमिफाइनलको दोस्रो लेग आगामी बुधबार ओल्ड ट्राफोर्डमा हुनेछ। युनाइटेलाई फाइनलमा पुग्न अब दोस्रो लेगमा बराबरी नै पर्याप्त हुनेछ।
Shares

प्रतिक्रिया