खेल


लन्डन म्याराथनमा नेपाली धाविका सन्तोषीले रचिन् इतिहास

लन्डन म्याराथनमा नेपाली धाविका सन्तोषीले रचिन् इतिहास

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १७:३२, लन्डन

नेपाली धाविका सन्तोषी श्रेष्ठले आज भएको लन्डन म्याराथनमा आफ्नो पुरानो कीर्तिमान तोड्दै नयाँ इतिहास रचेकी छिन्। 

उनले २ घण्टा ४२ मिनेट ५० सेकेण्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। 

यसअघि सन्तोषीले २०२४ मा बंगबन्धु शेख मुजीब ढाका म्याराथनमा २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा दौड पूरा गरेर राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन्।

सन्तोषीको यो सफलता नेपालका अन्य महिला धाविकाहरूका लागि प्रेरणाको स्रोत बन्नेछ। म्याराथन र लामो दूरीका दौडमा महिलाहरूको सहभागिता बढाउने र नेपालको खेल क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने यो महत्त्वपूर्ण कदम हो। 

यसअघि नेपाली महिलाले म्याराथनमा केही उल्लेखनीय सफलता हासिल गरेका छन् तर सन्तोषीको यो ऐतिहासिक कीर्तिमानले नेपालका लागि नयाँ सम्भावनाहरूको ढोका खोलेको छ।

आजको लन्डन म्याराथनको मैदानमा विश्वका प्रमुख धाविका र म्याराथनरहरू प्रतिस्पर्धामा थिए। यद्यपि, सन्तोषीले यस कठिन र प्रतिस्पर्धी परिस्थितिमा आफ्नै रणनीति र धैर्यताको साथ दौड पूरा गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad