खेल


धनगढीलाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा (तस्बिरहरू)

धनगढीलाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा (तस्बिरहरू)

सरोज नेपाल
बैशाख ६, २०८२ शनिबार २१:२६, काठमाडौँ

ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो क्वालिफायरमा साबिक उपविजेता धनगढी एफसीविरुद्ध २–१ को जित निकाल्दै दोस्रोपल्ट फाइनलमा प्रवेश गरेको हो। 

ललितपुरले अब दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि खेल्नेछ। धनगढीले भने फाइनमा फर्किन इलिमिनेटरको विजेतासँग खेल्नेछ। 

इलिमिनेटरमा पोखरा थन्डर्स र एफसी चितवन भिड्नेछन्। १० खेलाडीमा सीमित ललितपुरको जितमा केर्भेन्स बेलफोर्ट र इबु केबेले गोल गरे। 

धनगढीका जर्जप्रिन्स कार्कीको गोल सान्त्वना रह्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad