आइतबार दिल्ली क्यापिटल्सले आईपीएल सिजन १८ मा आफ्नो खेलमा पहिलो हार भोगेको छ। मुम्बई इन्डियन्सले दिएको २०६ रनको लक्ष्य पछ्याएको दिल्ली १९३ रन मात्र सीमित भयो।
यो हारपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दिल्लीका कप्तान अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना गरेको छ।
यो दिल्लीको अरुण जेटली स्टेडियममा आईपीएल २०२५ को पहिलो खेल थियो।
यसअघि खेलेका चारै खेलमा दिल्ली क्यापिटल्सले जित हासिल गरेको थियो, तर आइतबार घरेलु मैदानमै हारेको हो।
पहिले ब्याटिङ गर्दै मुम्बई इन्डियन्सले २०५ रन बनाएको थियो। तिलक वर्मा (५९) र रायन रिकेलटन (४१) ले उत्कृष्ट ब्याटिङ गरे।
दिल्ली क्यापिटल्सका लागि करुण नायरले ८९ रनको शानदार इनिङ खेले, उनी १२औँ ओभरमा आउट भए र यस समयमा टोलीको स्कोर १३५ रन थियो।
दिल्लीलाई जितका लागि ५० बलमा ७१ रन चाहिएको थियो तर दिल्लीका कुनै पनि ब्याट्सम्यान टिक्न नसक्दा मुम्बई इन्डियन्सले १२ रनले जित हासिल गर्यो।
प्रभावशाली खेलाडीका रूपमा आएका करण शर्माले ४ ओभरको स्पेलमा ३६ रन दिएर ३ विकेट लिए र खेलको उत्कृष्ट खेलाडी घोषित भए।
अक्षर पटेललाई किन गरियो १२ लाख जरिवाना?
दिल्ली क्यापिटल्सले समय सीमाभित्र आफ्नो ओभर पूरा गर्न नसकेपछि ढिला ओभर रेट गरेको भनी कप्तान पटेललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको हो।
न्यूनतम ओभर-रेट अपराधसँग सम्बन्धित आईपीएल आचारसंहिताको धारा २.२२ अन्तर्गत यो उनको टोलीको सिजनको पहिलो अपराध भएकोले उननरूलाई १२ लाख जरिवाना गरिएको हो।
Shares

प्रतिक्रिया