राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ वर्ष उमेर समूहको सिङ्गल र डबल्स दुवैतर्फ टेनिस उपाधि जितेका छन्।
काठमाडौँको मण्डिखाटारमा आयोजित ‘एमेच्योर टेनिस टुर्नामेन्ट-२०२५’ मा थापाले ६५ वर्ष उमेर समूहको भेट्रान्स सिङ्गल र डबल्स दुवैतर्फका उपाधि हात पारेका हुन्।

शनिबार बिहान भएको फाइनल खेलमा थापाले सिङ्गलतर्फ कर्मा घलेलाई ६-०,६-० को सोझो सेटमा हराएका हुन्।
यस्तै डबल्सतर्फ झ्याम्पा डोन्डुपसँगको थापा जोडीले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडीविरुद्ध ६-२, ६-३ को सेटमा जित हासिल गरेको हो।

थापा टेनिसको भेट्रानतर्फ लामो समयदेखि आफ्नो उमेर समूहको शीर्ष स्थानमा छन्।
96
Shares

प्रतिक्रिया