नेपालको पुरानो क्लबमध्ये एक काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचनमा शनिबार वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ।
११ सदस्यीय कार्यसमितिका लागि अध्यक्ष पदका साथै, त्यसैगरी उपाध्यक्ष पदमा नविन सुवाल र गौतम बहादुर मालाकार बीच प्रतिस्पर्धा हुने भएको छ भने महासचिवमा डिकेन सुवाल र सतिश कृष्ण श्रेष्ठबीच चुनाव हुने भएको छन्। यस्तै, कोषाध्यक्षमा अनुज सिंह प्रधान र किरण शमशेर राणा प्रतिस्पर्धामा उत्रिएका छन्।
तर, सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ निर्विरोध भएका छन्।
यसका साथै, ६ सदस्य पदका लागि १० जनाले उम्मेदवारी दिएका छन्। मुरारी केसी, सुनिलभक्त जोशी, अमर श्रेष्ठ, श्याम नारायण माली, राजेन्द्र शाक्य, सर्वज्ञरत्न मानन्धर, योगेन्द्र मान श्रेष्ठ, सुन्दर थापा क्षेत्री, प्रज्वलकान्त मैनाली र अगम मान गुभाजु सदस्य पदका लागि चुनावमा भिडेका छन्।
Shares

प्रतिक्रिया