खेल


आईपीएल: चेन्नईविरुद्ध पन्जाब १८ रनले विजयी

आईपीएल: चेन्नईविरुद्ध पन्जाब १८ रनले विजयी

नेपालखबर
चैत २७, २०८१ बुधबार ५:५७, काठमाडौँ

पियांश आर्याको शतकमा चेन्नई सुपर किंग्समाथि १८ रनको जित निकाल्दै पन्जाव किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। 

गएराति भएको खेलमा पन्जावले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धातिर २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो। 

चेन्नईका डेभोन कन्वे ६९ रन बनाउँदै रिटायर्ड हर्ट भए। शिवम दुवेले ४२ र ओपनर रचिन रविन्द्रले ३६ रन थपे। 

महेन्द्र सिंह धोनी २७ रन बनाउँदा क्याच आउट हुन पुगे। 

त्यसअघि टस जितेर ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १९ रनको योगफल तयार पारेको थियो। 

पन्जावका लागि ओपनर आर्याले शतक पूरा गरे। उनले ४२ बलमा ७ चौका र ९ छक्का सहयोगमा १ सय ३ रनको योगदान दिए। 

त्यसपछीका मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसकेको खेलमा सशान्क सिंह ५२ र मार्को जेनसन ३४ रनमा अविजित रहे। 

जितसँगै चार खेलबाट ६ अंक भएको पन्जाव चौथो स्थानमा छ। समान खेलबाट समान अंक भएपनि नेट रनरेटमा पछि पर्दै लखनउ पाचौँ स्थानमा रहेको छ। 

मंगलबार कै पहिलो खेलमा कोलकता नाइट राइडर्समाथि ४ रनको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट आइपीएलको छैटौँ स्थानमा पुगेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad