ग्लोबल


भारतको जयपुरमा कंग्रेस जिल्ला उपाध्यक्षले रक्सी खाएर कार चलाउँदा ९ जनालाई किच्यो

भारतको जयपुरमा कंग्रेस जिल्ला उपाध्यक्षले रक्सी खाएर कार चलाउँदा ९ जनालाई किच्यो

दुर्घटनाको दृश्य र कार चलाउने कंग्रेस जिल्ला उपाध्यक्ष उस्मान खान


नेपालखबर
चैत २७, २०८१ बुधबार ६:७, काठमाडौँ

भारतको जयपुरमा कंग्रेस जिल्ला उपाध्यक्ष उस्मान खानले चलाएको कारले ९ जनालाई किचेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनले चलाएको एसयूभी कारले ९ जनालाई कुल्चिँदा दाजुबहिनीसहित तीन जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार घटना सोमबारको हो। कारले पहिले एमआई रोडमा रहेका सवारीसाधनहरूलाई ठक्कर दियो र त्यसपछि सडकमा हिँडिरहेका  मानिसहरूलाई कुल्चिन थाल्यो।

खानले रक्सी खाएर ७ किलोमिटरसम्म गाडी कुदाएको पाइएको प्रहरीको भनाइ छ।

नाहरगढ प्रहरी चौकी क्षेत्रको सन्तोषी माता मन्दिरनजिकै उनको कारले पहिले स्कुटर-बाइकलाई ठक्कर दियो र त्यसपछि सडकमा लडेका मानिसहरूलाई कुल्चेर भाग्यो।

घटनापछि कंग्रेस पार्टीले उनलाई जिल्ला उपाध्यक्ष पदबाट हटाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad