खेल


हङकङमा टी-२० आई सिरिज खेल्ने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

हङकङमा टी-२० आई सिरिज खेल्ने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

नेपालखबर
चैत २५, २०८१ सोमबार १७:४१, काठमाडौँ

हङकङमा हुने चार देशिय टि–२० आई सिरिज खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार (आज) राति त्यसतर्फ प्रस्थान गर्दैछ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रम गर्दै नेपाली टोलीलाई बिदाइ गरेको हो।

सिरिजमा नेपालले कुवेत, कतार र आयोजक हङकङसँग खेल्ने तालिका छ।

बुधबार देखि सुरु हुने सिरिजका लागि नेपाली टोलीको प्रशिक्षणको जिम्मा ज्ञानेन्द्र मल्ललाई दिईएको छ। टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल नआइपुगेकाले टोलीको प्रशिक्षणको जिम्मा मल्ललाई दिइएको हो।

प्रधानमन्त्री कप सकिएको छोटो समयमा नै टोलीको तयारी छोटो भएपनि जितको लक्ष्यमा रहेको प्रशिक्षक मल्लले बताए।

यो सिरिजले आगामी सेप्टेम्बरमा हुने टी–२० विश्वकप छनोटका लागि राम्रो तयारी हुने विश्वास टोलीको छ।

टोलीमा बसिर अहमद, लोकेश बम र नन्दन यादवको पुनरागमनले टोलीलाई सहयोग पुग्ने कप्तान रोहित पौडेलले बताए।

नेपाली टोलीले सिरिजको पहिलो खेलमा बुधबार कतारसँग तथा बिहिबार कुवेतविरुद्ध खेल्नेछ। शनिबार घरेलु टोली हङकङसँग खेल्ने तालिका छ। सिरिज बुधबारदेखि आइतबारसम्म हुनेछ।

फाइनल र तेस्रो स्थानको खेल ३१ गते आइतबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad