जर्मनीले इटालीको रक्षा पंक्तिको आश्चर्यजनक गल्तीको फाइदा उठाउँदै नेशन लिगको सेमिफाइनलमा पहिलोपटक स्थान बनाएको छ।
इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले जर्मनीको कर्नर प्रहारमा अनौठो गरी पोष्ट खालि गरेपछि जर्मनी नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।
जुलियन नागेल्सम्यानको टोलीले बिहीबार मिलानको सान सिरोमा क्वार्टरफाइनलको पहिलो लेगमा २–१ ले जितेको थियो। बोरुसिया डर्टमुन्डको सिग्नल इदुना पार्कमा दोस्रो लेग ३–३ को बराबरीमा सकियो।
टिम क्लेइन्डिएन्स्टलाई एलेसेन्ड्रो बुओन्गियोर्नोले फाउल गरेपछि जर्मनीका कप्तान जोशुआ किमिचले पेनाल्टीमार्फत पहिलो गोल गरे। दोस्रो गोल भने जर्मनीले अनौठो गरी गर्यो। इटालीको रक्षापंक्ती जर्मनीको कर्नर प्रहारमा पोष्ट खालि गरेर जाँदा जमल मुसियालाले सहजै गोल गरे। डोनोरुम्मा पनि पोष्टमा थिएनन्, मुसियालाभन्दा पछाडि पुगेका थिए।
तेस्रो गोल डोनोरुम्माले क्लेइन्डिएन्स्टको हेडर बारमाथिबाट फर्काए। तर बलले गोल लाइन क्रस गरिसकेको थियो। पहिलो हाफमा समग्रमा जर्मनी ५–१ को अग्रतामा थियो। तर पाहुना टोलीले दोस्रो हाफमा प्रभुत्व जमायो।
पूर्व एभर्टन स्ट्राइकर मोइस केनले इटालीका लागि दुई गोल फर्काए। ४६ औँ र ६९ औँ मिनेटमा गोल गरेपछि इटाली उत्साहित भयो। अतिरिक्त समयको पाँचौ मिनेटमा रासपाडोरीले पेनाल्टी गोल गरेपछि दोस्रो लेग ३–३ को बराबरीमा सकियो। घरेलु मैदानमा पछि परेको इटालीलाई पहिलो हाफमा गरेको गल्तीले अन्ततः उपाधि होडबाट टाढा पुर्यायो।
जर्मनीले नेशन लिगमा पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो। अब उसले जुनमा पोर्चुगलको सामना गर्नेछ।
क्वार्टरफाइनल जितेसँगै जर्मनी लक्जमबर्ग, उत्तरी आयरल्याण्ड र स्लोभाकियासँगै विश्वकप छनोट समूह ए मा पर्नेछ। इटाली समूह आई मा इस्टोनिया, इजरायल, मोल्डोभा र नर्वेसँग हुनेछ।
Shares

प्रतिक्रिया