नेदरल्यान्ड्सलाई पेनाल्टीमा पराजित गर्दै स्पेन नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित र अतिरिक्त समयमा ३–३ को गाेलकाे बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो।
डच फरवार्ड नोआ लाङ र स्पेनका लामिन यामाल दुवैले पेनाल्टीमा गोल गर्न सकेनन्। जसपछि स्पेनी गोलकिपर उनाई साइमनले डोनेएल मालेनको प्रयासलाई रोकेर पेड्रीलाई अन्तिम चारमा स्थान बनाउने निर्णायक प्रहारको मौका दिए।
भ्यालेन्सियाको मेस्टाला स्टेडियममा २०२३ को विजेता टोलीका लागि बार्सिलोनाका मिडफिल्डरले कुनै गल्ती गरेनन्।
रियल सोसिडाडका स्ट्राइकर मिकेल ओयारजाबालको गोलमा स्पेनले खेल दौरान दुई पटक अग्रता लिएको थियो। तर दोस्रो हाफको नौ मिनेटमा मेम्फिस डेपेको पेनाल्टी र डेब्युटेन्ट इयान माटसेनको गोलमा खेल अतिरिक्त समयमा धकेलियो।
यामालको उत्कृष्ट गोलले स्पेनलाई थप ३० मिनेटको १३ औँ मिनेट फेरि अगाडि बनायो। तर जाभी सिमोन्सले १०९ औँ मिनेटमा पेनाल्टी गोल गर्दै खेललाई टाइब्रेकरमा धकेले।
यो नतिजाले स्पेनलाई १८ औँ खेलसम्म अपराजित बनाएको छ। सेप्टेम्बर २०२२ मा स्विट्जरल्यान्डसँग २–१ ले घरेलु मैदानमा पराजित भएदेखि नेसन्स लिगमा स्पेन पराजित भएको छैन।
बिहीबार भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो। घरेलु मैदानमा भएको दोस्रो लेगमा स्पेनले मिकेल ओयारजाबलको पेनाल्टी गोलमा ८ औँ मिनेटमा अग्रता लिएको थियो। मेम्फिस डिपेले पेनाल्टी मार्फत नै ५४ औँ मिनेटमा फेरि बराबरीतर्फ धकेले।
६७ औँ मिनेटमा मिकेलले व्यक्तिगत दोस्रो गोल गर्दा त्यो पनि डज टोलीले ७९ औँ मिनेटमा तोड्यो। अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि दोस्रो लेग पनि बराबरीमा पुग्यो र पेनाल्टीबाट निर्णय लिइएको थियो।
पेनाल्टीमा स्पेन ५–४ ले विजयी भयो। अब स्पेनले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ।
Shares

प्रतिक्रिया