नुर अहमदको घातक बलिङमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नइ सुपर किंग्ससामु जितका लागि १ सय ५६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
चेन्नइको एमए चिदम्बरम स्टेडिययमा चेन्नइले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल तयार पारेको छ।
मुम्बइका लागि तिकल बर्माले बनाएको ३१ रन नै सर्वाधिक रह्यो। कप्तान सूर्यकुमार यादव २९ रन बनाउँदा आउट भए। नमन धिरले १७ र रायन रिकेन्टोनले १३ रन थपे। मिचेल सान्टनरले ११ रन बनाए।
मुम्बइलाई कम स्कोरमा रोक्न चेन्नइका नुर अहमदले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र १८ रन दिएर ४ विकेट आफ्नो नाममा गरे। खलिल अहमदले चार ओभरमा २९ रन दिएर ३ विकेट झारे।
नाथन एलिस र रविचन्द्रन अश्विनले समान एक विकेट लिए।
चेन्नइले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
Shares

प्रतिक्रिया