इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससामु विशाल लक्ष्य प्रस्तुत गरेको छ।
राजस्थानले टस जितेर फिल्टिङ रोजेपछि पहिले ब्याटिङ गरेको हैदरावादले राजस्थानलाई २८७ रनको लक्ष्य दिएको हो।
इसान किसनको नटआउट सतकको मद्दतमा हैदरावादले २० ओभरमा ६ विकेट गुमाउँदै २८६ रन बनाएको छ।
हैदरावादका लागि इसान किसनले ४७ बलमा १०६ रन बनाए। उनले ११ चौका र ६ छक्का प्रहार गरे।
राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा ओपनर अविशेक शर्माले ११ बलमा २४ रनको योगदान गर्दा ट्राभिस हेडले ३१ बलमा ६७ रन प्रहार गरे। शर्माले ५ चौका र हेडले ९ चौका तथा ३ छक्का प्रहार गरे।
आक्रामक सुरुवात गरेको हैदरावादका लागि नितिस कुमारले १५ बलमा ३० रन र हेनरिक क्लासेनले ३३४ रन बनाए। अनिकेत बर्माले ३ बलमा ७ रनको योगदान गरे।
राजस्थानका तुशार देशपाण्डेले ३ विकेट लिँदा महिष टिक्षानाले २ विकेट लिए। सन्दीप शर्माले एक विकेट लिए।
राजस्थानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
आईपीएल इतिहासमै बनेको यो दोस्रो सर्वाधिक उच्च स्कोर हो।
Shares

प्रतिक्रिया