राजनीति


एमालेको चुनावमा संस्थापनलाई हराएका ढकाल: प्रेस चौतारीले पनि फरक सन्देश दिनुपर्छ

एमालेको चुनावमा संस्थापनलाई हराएका ढकाल: प्रेस चौतारीले पनि फरक सन्देश दिनुपर्छ

विनोद ढकाल। फाइल तस्बिर


नेपालखबर
चैत १०, २०८१ आइतबार १७:५९, काठमाडौँ

हालै भएको नेकपा एमाले मोरङ जिल्लाको अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटका उम्मेदवारलाई पराजित गर्दै जिल्ला अध्यक्ष निर्वाचित भएका विनोद ढकालले प्रेस चौतारीको महाधिवेशनले पनि नयाँ सन्देश दिनुपर्ने बताएका छन्।  

आइतबार सुरु भएको एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारीको दशौँ महाधिवेशनको उद्घाटन सत्रलाई विराटनगरमा सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन्। 

उनले भने,‘एमाले मोरङको अधिवेशनको राष्ट्रव्यापी चर्चा पाएको छ। त्यो अधिवेशनले देशैभर अलग्गै सन्देश पनि दियो। प्रेस चौतारीको अधिवेशनले पनि फरक सन्देश दिन सक्नुपर्छ।’

एमाले मोरङको अधिवेशनमा ढकाल नेतृत्वको प्यानल ओलीसहितको समर्थन भएको प्यानललाई हराएपछि एमालेमा निकै चर्चा भएको थियो। ढकालसहितको प्यानललाई पूर्वराष्ट्रपति विद्या भण्डारीनिकटको भनेर आरोप लाग्दै आएको छ। 

ढकालले प्रेस चौतारीको अधिवेशनबाट नेतृत्व चयन गर्दा सकेसम्म सहमतिमै गर्न र सहमति हुने अवस्था नभए निर्वाचनमा जान सुझाव दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad