खेल


इटालीमा ३९ वर्षपछि जर्मनीको जित

इटालीमा ३९ वर्षपछि जर्मनीको जित

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १२:४३, काठमाडौँ

नेसन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा ३९ वर्षपछि जर्मनीले इटालीलाई उसैको मैदानमा हराएको छ।

बिहीबार राति भएको खेलको नवौँ मिनेटमै पछि परेको जर्मनीले दोस्रो पुनरागमन गरेको हो। 

आइतबार काराबाओ कप फाइनलमा लिभरपुललाई हराउन मद्दत गर्ने न्युक्यासलका सान्ड्रो टोनालीले घरलु टोलीलाई अग्रता दिलाएका थिए। 

तर जर्मनीले दोस्रो हाफमा राम्रो जोशुआ किमिचको पासमा टिम क्लेनडिएन्स्टले गोल गर्दै जर्मनीलाई बराबरीमा ल्याए। 

गोरेट्ज्काले खेल सकिन १४ मिनेट बाँकी रहँदा किमिच क्रसमा हेडमार्फत गोल गर्दै टोलीलाई सेमिफाइनलका लागि बलियो बनाए। 

नतिजाले जर्मनीविरुद्ध घरेलु मैदानमा इटालीको पाँच खेलको अपराजित यात्रा पनि टुंग्याइदिएको छ।

यसअघि १९८६ पछि जर्मनीले इटालीलाई उसको मैदानमा हराउन सकेको थिएन। 

जर्मनीले आइतबार दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ।

विजेताले सेमिफाइनलमा डेनमार्क वा पोर्चुगलबिचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad