खेल


नेपाल आज सिंगापुरसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै

नेपाली फुटबलका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसको पहिलो खेल
नेपाल आज सिंगापुरसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै

राष्ट्रिय फुटबल टोली


नेपालखबर
चैत ८, २०८१ शुक्रबार ९:२९, काठमाडौँ

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाल आज (शुक्रबार) सिगांपुरसँग प्रतिस्पर्धा गर्दै छ।

दुई देशबीचको खेल सिंगापुरको नेसनल स्टेडियममा नेपाली समयानुसार साँझ सवा ६ बजे सुरु हुनेछ। 

मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय फुटबल टोली मंगलबार नै सिंगापुर प्रस्थान गरेको थियो। 

नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसका लागि यो पहिलो खेल हुनेछ।

प्रशिक्षक म्याटले उक्त खेलका लागि गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ र फरवार्ड सुवास वम ठकुरीलाई नयाँ अनुहारका रूपमा टोलीमा समेटेका छन्। 

आजको मैत्रीपूर्ण खेलपछि नेपालले आगामी मंगलबार एएफसी कप छनोटअन्तर्गत मलेसियाविरुद्ध खेल्ने तालिका छ। जहाँ नेपाल, मलेसियासँगै भियतनाम र लाओस रहेको समूह एफमा छ।

नेपाली टिम
गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डरः  रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान
फरवार्डः जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुवास बम ठकुरी, रेजिन सुब्बा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad