नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ।
बिहीबार होटल हिमालयमाआयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन्।
क्लबको दुई जर्सी सार्वजनिक गरिएको छ। एउटा रातोरकालो छ भने अर्को सेतोररातो छ। जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ।
जर्सी अनावरण कार्यक्रममा जर्सीको अक्सन पनि गरिएको थियो। इंग्ल्याण्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्व डिफेण्डर रियो पर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी कार्यक्रममा अक्सन गरिएको हो।
उक्त जर्सीको बेस प्राइज ५० हजार राखिएको थियो र हरेक बिडमा ५ हजार थपिँदै गएको थियो। धेरैले उक्त जर्सी लिन चाहेका थिए र अन्तिममा सरोज कार्की ले १ लाख १५ हजार बिड गर्दै जर्सी लिन सफल भए।
उनले आफू पहिला देखि म्यानचेस्टर युनाइटेड र रियो फर्डिनान्डको फ्यान भएको र उनले केही राम्रो गोल गर्दै टिमलाई जिताएको स्मरण गर्दै जर्सीका लागि लाख माथि खर्च गरेको बताए।
ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ रहेका छन्। ललितपुर सिटी एफसीले चैत्र १६ गते उद्घाटन खेल खेल्नेछ। उक्त खेल ललितपुरले काठमाडौं रेजर्स एफ सि विरुद्ध खेल्नेछ।
Shares

प्रतिक्रिया