खेल


अन्तर्राष्ट्रिय ओलम्पिक समितिको पहिलो महिला अध्यक्ष बनिन् कोभेन्ट्री

अन्तर्राष्ट्रिय ओलम्पिक समितिको पहिलो महिला अध्यक्ष बनिन् कोभेन्ट्री

किर्स्टी कोभेन्ट्री


नेपालखबर
चैत ८, २०८१ शुक्रबार ५:३३, काठमाडौँ

जिम्बाब्वेकी खेलकुद मन्त्री किर्स्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को नयाँ अध्यक्षमा निर्वाचित भएकी छन्।

४२ वर्षीय पूर्व पौडीबाज कोभेन्ट्रीले अब जर्मनीका थोमस बेकको स्थान लिनेछिन्। बेक २०१३ देखि यो पदमा थिइन्।

ओलम्पिकमा दुई स्वर्ण पदक जितेकी कोभेन्ट्री यो पदमा पुग्ने पहिलो महिला, पहिलो अफ्रिकी र सबैभन्दा कम उमेरकी व्यक्ति हुन्।

पहिलो चरणकै मतदानमा कोभेन्ट्रीले पूर्ण बहुमत हासिल गरिसकेकी थिइन्। 

उनी पहिले नै आईओसी कार्यकारी बोर्डको सदस्य हुन्।

उनी कम्तीमा अर्को आठ वर्ष अध्यक्ष पदमा रहनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad