खेल


दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

नेपालखबर
चैत ५, २०८१ मंगलबार १७:४०, काठमाडौँ

कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ। मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले र राखेपका उपाध्यक्ष ध्रुव आचार्यले संयुक्त रुपमा लोगो र मस्कट सार्वजनिक गरेका हुन्। 

मस्कटमा रेड पाण्डा राखिएको छ भने लोगोमा ७ रङ, चन्द्र र सूर्य राखिएको छ। 

लोगो र मस्कट दुवै विकास तमकुजुले बनाएका हुन्। ​अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad