खेल


यी ४ टोली पुगे यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

यी ४ टोली पुगे यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

नेपालखबर
फागुन २८, २०८१ बुधबार ७:१३, काठमाडौँ

बार्सिलोना, पीएसजी र बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 

गएराति भएको लिगको दोस्रो लेगमा पराजित भएसँगै लिभरपुल, बेन्फिका, बायर लिभरकुसेन र फियोनोर्ड भने अन्तिम १६ बाट नै बाहिरिएका छन्। 

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा बेन्फिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले क्वार्टरफाइनलमा स्थान बनाएको हो। बार्सिलोनाले समग्रमा ४–१ को जित दर्ता गर्‍याे। बार्सिलोनाको जितमा राफिन्हाले दुई तथा लामिन यमलले १ गोल गरे। 

पहिलो हाफको ११ औँ मिनेटमा लामिनको पासमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। तर त्यसको दुई मिनेटमा नै बेन्फिकाले गोल फर्काउँदै बराबरीमा आएको थियो। 

खेलको २७ औँ मिनेटमा राफिन्हाको पासमा लामिनले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाएका थिए। 

पहिलो हाफको ४२ औँ मिनेटमा राफिन्हाले व्यक्तीगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ को अग्रत दिलाएका थिए। त्यसपछि दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि बार्सिलोनाले अन्तिम आठमा स्थान बनाएको हो। 

बार्सिलोनाले अब क्वार्टरफाइनलमा बोरुसिया डर्टमुन्ड र लिलमध्य एक टोलीसँग खेल्नेछ। गएराति नै भएको लिगको अर्को खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पीएजसीले क्वार्टरफाइनलको यात्रा तय गरेको छ। 

एनफिल्डमा भएको लिगको दोस्रो खेलमा पिएसजीले १–० को अग्रता बनाएको थियो। पहिलो लेगमा लिभरपुलले पिएजसीविरुद्ध १–० को साघुँरो जित निकालेको थियो। दोस्रो लेग बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। 

पेनाल्टी सुटआउटमा पीएजसीले ४–१ को जित निकाल्दै अन्तिम आठमा पुगेको हो। 

गएरातिको अन्य खेलमा बायर्न म्युनिखले लिभरकुसेनलाई २–० ले हराउँदा समग्रमा ५–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो। 

अर्को खेलमा इन्टर मिलानले फियोनर्डलाई २–१ ले हराउँदा समग्रमा ४–१ को जित निकाल्दै अनितम आठमा पुगेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad