खेल


भक्तपुर नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

भक्तपुर नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

नेपालखबर
फागुन २८, २०८१ बुधबार ७:३१, काठमाडौँ

भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधि भक्तपुर नगरपालिकाले तेस्रो पटक जितेको छ। 

भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्डमा नगरपालिकाले ३७ स्वर्ण, १९ रजत र ३८ कास्यसहित ९४ पदकसहित उपाधि जितेको हो।

भक्तपुर नगरपालिकाले यसअघि २०७९ मा सम्पन्न ११औँ र २०८० मा सम्पन्न १२औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको थियो। प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका १५ स्वर्ण, १९ रजत र ३० कास्यसहित ६८ पदक जित्दै दोस्रो भयो भने चाँगुनारायण नगरपालिका १२ स्वर्ण, २५ रजत र १८ कास्यका साथ तेस्रो भयो। 

प्रतियोगितामा कराते, भलिबल, कबड्डी, उसु, तेक्वान्डो र एथ्लेटिक्स गरी छ वटा खेलमा प्रतिस्पर्धा भएको थियो । भक्तपुर नगरपालिकाले उसुमा पाँच स्वर्ण, छ कास्य र १० कास्य जितेको थियो । त्यसैगरी भलिबल खेलको महिला र पुरुष दुवैमा स्वर्ण पदक भक्तपुर नगरपालिकाले जितेको थियो। 

एथ्लेटिक्समा भक्तपुर नगरपालिकाले १३ स्वर्ण, छ रजत र आठ कास्य जित्न सफल भएको थियो । त्यसैगरी तेक्वान्डो खेलमा १० स्वर्ण, चार रजत र ११ कास्य, कबड्डीको महिला र पुरुष दुवै खेलको स्वर्ण, एक रजत र तीन कास्य भक्तपुर नगरपालिकाले जितेको थियो। 

प्रतियोगिताको अन्तिम दिन चाँगुनारायण नगरपालिकाको तपाडम्फोमा भएको कराते खेलमा पाँच स्वर्ण, दुई रजत र छ कास्य भक्तपुर नगरपालिकाले जितेको थियो।

यसैगरी मध्यपुर थिमि नगरपालिकाले उसुमा दुई स्वर्ण, दुई रजत, दुई कास्य, भलिबलमा दुई रजत, दुई कास्य, तेक्वान्दोमा एक स्वर्ण चार रजत, सात कास्य, एथ्लेटिक्समा नौ स्वर्ण, सात रजत, आठ कास्य, कबड्डीमा एक रजत, एक कास्य र करातेमा तीन स्वर्ण, तीन रजत र १० कास्य पदक जितेको भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले जानकारी दिए।

प्रतियोगितामा तेस्रो भएको चाँगुनारायणले उसुमा पाँच  स्वर्ण, चार रजत, तीन कास्य, तेक्वान्दोमा एक स्वर्ण, चार रजत, छ कास्य, एथ्लेटिक्समा दुई स्वर्ण १० रजत, छ कास्य र करातेमा चार स्वर्ण, सात रजत, तीन कास्य पदक जितेको थापाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad